प्रतिनिधिसभा बैठक बस्दै

आइतबार, चैत १२, २०७९

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधनंं) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।


त्यस्तै, नेपाली कांग्रेसबाट वि।स। २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएका गणेशप्रसाद विमलीको यहि चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार