उपराष्ट्रपतिमा निर्वाचित भएपछि रामसहायको सांसद पद रिक्त 

सोमबार, चैत ६, २०७९
मयुर प्लाई

काठमाडौँ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएपछि उनको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाको बैठकमा यादवको सांसद पद रिक्त भएको जानकारी सदनलाई गराए । 

WhatsApp Image 2023-03-20 at 12.11.50 (2)1679293699.jpeg
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा क्षेत्र नं २ का सांसद थिए । यादव गत शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले सांसद पदबाट राजीनामा दिएका थिए । यसअघि तनहुँबाट सांसद निर्वाचित भएका रामचन्द्र पौडेलले पनि आफू राष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पदबाट राजीनामा दिएका थिए । पौडेल फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनबाट निर्वाचित भएका थिए । 

जसपाद्वारा यादवको राजीनामा स्वीकृत
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।  जसपाका कार्यकारिणी सदस्य रहेका यादवले श्ुक्रबारदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेका हुन् । 

WhatsApp Image 2023-03-20 at 12.11.50 (1)1679293699.jpeg

यादवद्वारा पदबहाली
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेका हुन् । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका छन् । 

WhatsApp Image 2023-03-20 at 12.11.501679293704.jpeg

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार