सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद समक्ष आफूमाथि विश्वास रहेको भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विश्वासको मत माग्दै भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’ उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताए । ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्यो भन्नुभएको छैन’ उनले भने ।