सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका वेला प्रधानमन्त्री ओलीले अकस्मात् सर्वदलीय बैठक डाकेका हुन् । हिजो आइतबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । उनले आफू पूर्ववत् सर्तअनुसार बैठकमा उपस्थित हुन नसक्ने पत्रमार्फत जनाएका थिए । बैठकमा अहिलेको बदलिँदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरूको साझा धारणा बुझ्नका लागि बैठक डाकिएको बालुवाटार स्रोतको भनाइ छ ।