उपराष्ट्रपति यादवले लिए शपथ ग्रहण

सोमबार, चैत ६, २०७९
मयुर प्लाई

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित  विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई   शपथ गराएका हुन् । यादव गत शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

WhatsApp Image 2023-03-20 at 12.11.50 (1)1679293699.jpeg
उपराष्ट्रपतिको सपथ समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर  पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए । 

WhatsApp Image 2023-03-20 at 12.11.50 (2)1679293699.jpeg
यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

WhatsApp Image 2023-03-20 at 12.11.501679293704.jpeg

WhatsApp Image 2023-03-20 at 12.11.531679293878.jpeg

WhatsApp Image 2023-03-20 at 12.11.54 (1)1679293878.jpeg

WhatsApp Image 2023-03-20 at 12.11.541679293884.jpeg

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार