पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षा 

शुक्रबार, चैत ३, २०७९

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली भएको हो ।  देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिक–हल्का देखि मध्यम वर्षाको हुने सम्भावना रहेको विभागले बिहान जानकारी दिएको छ । 
आज राती पनि देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक–हल्का वर्षाको सम्भावना रहेको छ।  
भोलि शनिबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
यस्तै शनिबार राती  देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
यस्तै आईतबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
यस्तै आइतबार राती  देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
आगामी २४ घण्टामा देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग र हावाहुरी वाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार