सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मुलुकको नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अष्टलक्ष्मी शाक्य र ममता झा सांसद नभए पनि मतदान कार्य अवलोकनका लागि मतदान स्थलमा पुगेका छन् । सांसदहरुले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । निर्वाचन आयोगले आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।