मञ्जु अन्सारी जसपाकी नयाँ सांसद 

बिहीबार, चैत २, २०७९
मयुर प्लाई

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।  आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिए । 
पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम क्लसटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार