सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ गठबन्धन उपरास्ट्रपति उम्मेदवार छनोटमा विभाजित भएको छ । काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा रामसहायप्रसाद यादवलाई उठाएर बारा–२ बाट उपेन्द्र यादवलाई संसदमा ल्याउन चाहन्छन् भने डा.बाबुराम भट्टराईको समाजवादी, महन्थ ठाकुरको लोसपा, सिके राउतको जनमत र रेशम चौधरीको नागरिक उन्मुक्तिले जनमतकी ममता झालाई उपराष्ट्रपति उठाउने पक्षमा उभिए । सम्बिधानमा रहेको रास्ट्रपति र उपरास्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्ने प्रावधान र यसैमा रहेको अस्पष्ट ब्याख्यानका कारण भोलिसम्ममा थप चलखेलको सम्भावना छ । एमालेले महिला उठाएको र गठबन्धनमा गडबडी देखिएको हुँदा जसपाले रामसहायसङ्गै महिला उम्मेदवार पनि खडा गर्नेबारे छलफल गरेको छ । जसपाले आजै कार्यकारिणी बैठक पनि डाकेको छ । भोलि बिहान सत्ता गठबन्धनको बैठक बस्दै छ । त्यसो त गठबन्धनका ४ ठूला दलको मत एक ठाउँमा परे जसपा उम्मेदवार नै बिजयी हुन संख्या पुग्ने देखिन्छ ।
जसपाबाट रामसहाय र प्रमिलालाई अघि बढाउने तयारी जसपाबाट रामसहायप्रसाद यादव तथा प्रमिला यादव दुवैलाई उम्मेदवारका रुपमा मनोनयन दर्ता गर्ने तयारी गरेको छ । राष्ट्रपति निर्वाचनमा एकमत बनेका १० राजनीतिक दल उपराष्ट्रपतिको निर्वाचनमा विभाजित भएको सन्देश दिएका छन् । तर भोलि (आइतबार) को बैठकले सहमति जुटाएर एउटाको उम्मेदवारी फिर्ता लिने गरी तयारी गरेको हो । जसपालाई उपराष्ट्रपति नदिन लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेका छन् । शुक्रबार बिहान नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उमेर हदका कारण उनी अयोग्य हुने भएपछि जनमतले उपराष्ट्रपति उम्मेदवार तय गरेको हो । जनमतले लोसपा र नागरिक उन्मुक्तिसहितको समर्थन लिएर गठबन्धनमा उपराष्ट्रपतिमा दाबी गर्दै झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमतका अध्यक्ष चन्द्रकान्त ९सीके० राउतले पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको जनाएका छन् । उता संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने पार्टी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णयसँगै उम्मेदवारीसमेत दर्ता गराइसकेको छ । निर्वाचन आयोगले चैत ३ गते हुने चुनावका लागि उपराष्ट्रपति पदको उम्मेदवारी मनोनयन आज (शनिबार) का लागि तय गरेको छ ।