सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा छलफल हुँदा शाक्यलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीका उप–महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । आज उपराष्ट्रपति पदका लागि मनोनयन हुँदैछ। आजै निर्वाचन आयोगले उम्मेदवारको सूची पनि प्रकाशन गर्दै छ । सचिवालय बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा समीक्षा भएको थियो । एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । नेम्वाङ् नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । एमालले राष्ट्रपति पदमा आफ्नो मात्रै मत पाएका कारण उपराष्ट्रपतिमा पनि यस्तै मत पाउने देखिन्छ ।