सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । केही दिन अघि सार्वजनिक भएका विवरणलाई आधार मान्ने हो भने सत्ता गठबन्धनले उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) लाई दिने मोटामोटी सहमित भएको हो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन आएर जसपाबाहेक गठबन्धनमै रहेका अरु दुई दलले पनि उपराष्ट्रपतिमा दाबी पेश गरेपछि जसपाको पक्षमा सहमति नबनेको हो कि भन्ने परेको छ । गठबन्धनभित्रकै अन्य दलबाट पनि दाबी आउनेक्रम जारी छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिमा उठाउने भनेपनि उनको उमेर नपुग्ने भएपछि गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । हिजो जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । तर, निर्वाचन आयोगले खस आर्य समुदायबाट महिला र अन्य समुदायका पुरुषलाई पनि उमेदवार नबनाउने गरी विज्ञप्ति जारी गरेपछि यादवको उम्मेदवारीलाई लिएर अन्योल बढेको छ। यही बेला जनमत पार्टीले पनि आफ्नो दाबी सार्वजनिक गरेको छ । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको जानकारी दिए। यद्यपी, पार्टीले औपचारिक निर्णय भने गरी सकेको छैन । सत्ता गठबन्धनमा भने उपराष्ट्रपति उमेदवारका विषयमा छलफल भएको छैन । उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ । उपराष्ट्रपति निर्वाचनकै विषयमा शुक्रबार सत्ता गठबन्धनअन्तर्गत राष्ट्रपति निर्वाचन परिचालन कार्यदलको बैठकमा पनि छलफल भएको बुझिएको छ । गठबन्धन कार्यदलले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने प्रदेश र संघका सांसदहरु, कर्मचारी, सुरक्षा संयन्त्र, निर्वाचन आयोगसहित सहयोग गर्ने दललाई धन्यवाद दिने निर्णय गरेको छ ।