एआइजीमा बढुवाको लागि सिफारिस भए पाँच डीआइजी

पहिलो नम्बरमा कुँवर, पाँचौँमा बज्राचार्य
शुक्रबार, फागुन २६, २०७९
मयुर प्लाई

काठमाडौं । गृह मन्त्रालयले पाँच जना प्रहरी नायव महानिरीक्षक ९डीआइजी०लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले डीआइजी बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाको लागि सिफारिस गरेको हो ।
गृह मन्त्रालयको बढुवा समितिले डीआइजी कुँवरलाई ६९ दशमलव ९३ अङ्क दिएर पहिलो स्थानमा बढुवा सिफारिस गरेको छ । कुँवर एसएसपीबाट बढुवा हुँदा पनि पहिलो नम्बरमा नै थिए । एआइजी बढुवा भएका मध्ये नै दुई सातापछि प्रहरी प्रमुख बन्दै छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार