सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पुरुष राष्ट्रपति निर्वाचित भएपछि निर्वाचन आयोगले महिल उपराष्ट्रपति हुनुपर्ने तर्क गरिरहेकै बेला नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बिहीबार निर्णय गरिसकेको छ । राष्ट्रपपतिमा पुरुष निर्वाचित भइसकेकाले निर्वाचन आयोगले महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै निर्वाचन अधिकृतलाई सोही अनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । आज बिहान बसेको नाउपा संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी र्दिए । उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिने उनले बताए । श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन् । उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।