माओवादी घटकहरुको संयुक्त पत्रकार सम्मेलन तया

प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दायर भएपछि माओवादी घटकहरूको एक ठाउँमा 

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ । बैठकले छिट्टै संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । 
बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया गर्ने निर्णय पनि गरेको छ । सर्वोच्च अदालतमा यही फागुन २३  मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याइदिएको हो । विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता प्रयास थालिएको छ । 
 नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय गरिसकेका छन् ।  बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार