प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालको निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेल

बिहीबार, फागुन २५, २०७९
मयुर प्लाई

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउन प्रमुख भूमिका निर्वाह गरेका नेताहरुलाई निवासमै गएर भेट गरी बधाई तथा शुभकामना लिएका छन् । निर्वाचित भएको प्रमाणपत्र पाएपछि राष्ट्रपति पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री निवास बालुवाटार भेटेर बधाई तथा शुभकामना लिएका हुन् ।

pro_ktm_pm_president1(1)1678375507.jpg
त्यस क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना दिएका थिए ।
त्यसैगरी राष्ट्रपति पौडेलले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि उनीहरुकै निवासमा पुगेर भेट गरेका छन् । राष्ट्रपति पौडेल देउवा निवास धुम्बाराही र नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

pro_ktm_pm_president10(1)1678375507.jpg
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादीं, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी, रास्वपाको समर्थनमा पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

RS_KTM_20230309_RATL64301678375513.jpg

 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार