नयाँ र उपत्यका कै ठूलो नगरपालिका सातौं वर्षमा

खेलाडीलाई प्रोत्साहित गर्न स्थापना दिवसमा खेलकुद प्रतियोगिता
आइतबार, फागुन २१, २०७९

ललितपुर :गोदावरी नगरपालिकाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले ‘गोदावरी खुल्ला च्यामपियन हाफ म्याराथन (२१ कि.मी)’ र ‘अन्तर माध्यमिक विद्यालय स्तरीय १० कि.मी. दौड प्रतियोगिता’ आयोजना गर्न लागेको हो । प्रतियोगिताको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख गजेन्द्र महर्जनले भने, ‘खेलाडी हाम्रो देशका अमूल्य सम्पत्ति हुन् । उहाँहरुको सम्मान र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरेका हौं । ’ गोदावरी नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै खेलाडीलाई प्रोत्साहित गर्न यस्ता प्रतियोगिता आयोजना गरेको नगर प्रमुखले प्रष्ट पारे । 
केही साता अघिमात्रै नगरपालिकाले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरेको थियो । विद्यालय र कलेज स्तरीय प्रतियोगिताहरुलाई पनि गोदावरी नगरपालिका विशेष महत्व दिएको छ । यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न र खेलाडीको  आत्मबल वृद्धि गर्न सहयोग गर्ने दाबी गरे । फागुन २७ गते नगरपालिकाले आफ्नो स्थापना अन्य विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छ । मुलुक संघीयतामा गए लगत्तै भएको स्थानीय तह निर्वाचन २०७४ को पूर्व सन्ध्यामा गोदावरी नगरपालिका बनेको हो । नयाँ र उपत्यका कै ठूलो नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय नगर हो । yooo'1678035147.jpg

 


 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार