राष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

बुधबार, फागुन १७, २०७९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। निर्वाचन आयोगका अनुसार आजदेखि लागु भएको आचारसंहिता चैत ५ गतेसम्म कायम रहने छ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयानुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि संघीय संसद्‌मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ। स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ यही फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ता भइसकेको छ ।

ebulletin-default-photo (1)1669633489.jpg
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको पेस विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।’आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ। राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

क–कसलाई लाग्छ आचारसंहिता ?
१. नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
२. प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
३. संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
४. सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
५. सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
६. राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
७. उम्मेदवार तथा उमेदवारको प्रतिनिधि,
८. राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
९. सार्वजनिक पद धारण गरेको व्यक्ति,
१०. सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
११. मतदाता

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार