जसपालाई उपराष्ट्रपति

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ ।  ८ राजनीतिक दलले उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति गरेका छन् ।
बालुवाटारमा शुक्रबार साँझ बसेको ८ राजनीतिक दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने समझदारी भएको हो ।
‘राष्ट्रपतिमा कांग्रेसलाई र जसपालाई उपराष्ट्रपतिमा सघाउने ८ दलबीच समझदारी भएको छ’ बैठकमा सहभागी नेताले भने, ‘उहाँहरुले दलभित्र छलफल गरेर उम्मेदवारको नाम दिनुहुनेछ ।'
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जसपाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आज आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको थियो।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज साँझका लागि बैठक बोलाइएको हो । बैठकमा बालुवाटारमा चार दल (कांग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने कार्यक्रम थियो ।
आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका विषयमा पार्टीको कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका विषयलाई एजेण्डामा राखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार