सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन गर्ने दिन । दलहरू आफू पक्षधरलाई राष्ट्रपति बनाउन क्रियाशील छन् । एमालेले आफ्नै उम्मेदवालाई राष्ट्रपति बनाउन चाहन्छ । काँग्रेसको पनि यस्तै चाहना छ । एमालेबाट फुटेको नेकपा एस पनि आफ्ना नेतालाई राष्ट्रपति बनाउन चाहन्छ । राष्ट्रपतिको उम्मेदवार को को हुन त्यो विषय भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन । चुनाव अघिको गठबन्धनका नेताहरु अहिले राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउन बालुवाटालमा बैठक गरिरहेका छन् । एमाले अध्यक्ष पनि बालुवाटारमै थिए यसै विषयमा कुराकानी गर्न । ओली बालुवाटारबाट फर्के लगत्तै चुनावअघिको गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । यो छलफलमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन् । राष्ट्रपति निर्वाचनको विषयमा ठोस धारणा बनाउन बसेको पुरानो गठबन्धनको बैठकमा यी तीन दल पनि मिसिएका हुन् । बैठकमा सहभागी हुन जनमत पार्टीका नेता अब्दुल खान, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्चिता चौधरी र लोसपाको अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । आजको बैठकले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ । बैठकमा माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल सहभागी भएका छन् ।