प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपतिबारे छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । 
भोलि शनिबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन हुँदैछ । आज बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेससहितका चार दलसँग छलफल गरेका थिए । छलफलमा चुनाव अघिको गठबन्धन ब्युँताउने सहमति भएको समाचार सार्वजनिक भएको छ । एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति आफ्नो दलले  पाउनु पर्ने बताइरहेको छ भने काँग्रेसले पनि आफूलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु पर्ने तर्कमा प्रचण्ड रहेका छन् । दुई नेताको फरक फरक धारणा सार्वजनिक भएकाले त्यो विषय टुङ्ग्याउन बालुवाटारमा वार्तामा बसेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार