सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन अघिको गठबन्धन अब लगभग ब्युँतिएको छ । राष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने भन्दै बिहान बसेको पुरानो गठबन्धनको बैठक सकिए पनि दलहरुले साझा उम्मेदवार भने छनोट गर्न साँझ फेरि बैठकमा बस्दै छन् । पुरानो गठबन्धनको बैठक साँझ पाँच बजे बस्नेगरी सकिएको हो । चार दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्याउने जानकारी दिए । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको थियो । कांग्रेससहित तीनै दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका छन् । आफ्नो आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी नेताहरू उठेका हुन् । ‘सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले भने । ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं। पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्ने', उनले बताए ।