स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता

सोमबार, फागुन ८, २०७९

काठमाडौं । स्पट फिक्सिङ गरेको आरोपमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

नेपालीविरुद्ध मात्र मुद्दा दर्ता
स्पट फिक्सिङको आरोपमा मुद्दा दर्ता गरिएका ५ जना नेपाली हुन् ।  खेलाडीहरु मे‍हबुब आलम र आदिल अन्सारीसहित नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरिएको छ । कँडेल र माझी फरार छन् । विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ । 
नेपाल टी–२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरु समिर शेख, विरेन्द्र शाह र विकाश ध्यानी नेपालविरुद्ध पक्राउ परे वा उनीहरुको नाम थर, वतन खुलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालयले निर्णय लिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार