मानवअधिकार क्षेत्रका अगुवा एवम् पूर्वमन्त्री मधुराप्रसाद श्रेष्ठको निधन

सोमबार, फागुन ८, २०७९

काठमाडौँ । मानवअधिकार क्षेत्रका अगुवा एवम् पूर्वस्वास्थ्यमन्त्री प्रा.डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि दम  र छाती रोगबाट पीडित श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।  
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता राख्थे । 
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए । उहाँका ६ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
डा.श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डाश्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । 
प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् । 
ओलीद्वारा दुःख व्यक्त
एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी माथुराप्रसादको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा.श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार