कपिराइट विवाद 

विन्दवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

सोमबार, फागुन ८, २०७९

काठमाडौं । विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई आइतबार नेपाल प्रहरीको साइबर ब्युरोलेको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रेग्मीविरुद्ध गीतकार महेश आचार्यले साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।
कपिराइट विवाद 
साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको हो ।  केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।
सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार