प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउन नियमावली मस्यौदा पारित गरेको हो । प्रतिनिधिसभामा राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका पदाधिकारीलाई कार्यकालको अन्तिममा महाभियोग लगाउने प्रस्ताव आएमा के गर्ने भन्ने टुंगो लगाउँदै मस्यौदा समितिले नियमावली टुंग्याएको हो । महाभियोग ५ महिनाभित्र टुंगो लगाउने तर समय अभावले महाभियोग निष्कर्षमा पुर्‍याउन नसकेमा नयाँ निर्वाचनबाट आउने संसद्‌ले आवश्यक निर्णय गर्ने व्यवस्था गरिएको छ । 
समिति सदस्यसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरेको जानकारी दिए । नियमावलीलाई प्रतिनिधिसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार