जनस्तरबाट चर्काे आलोचना भएपछि भीभीआईपी सवारी सुरक्षा नियम फेर्न सरकार तयार

आइतबार, माघ २९, २०७९

काठमाडौं । भीभीआईपी सवारीलाई लिएर जहिले पनि आलोचना हुने गरेको छ । गणतन्त्र स्थापना हुनुअघिदेखि तथा गणतन्त्र स्थापना भएपछिका समयमा पनि भीभीआईपी सवारीलाई लिएर आलोचनान हुने गरेको छ । अस्ति शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको शीतल निवासबाट संसद् भवनमा भएको सवारी पनि ओलिचित बन्न पुग्यो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि राष्ट्रपतिको सवारी आलोचित बनेको हो । नागरिकबाट सधैंजसो आलोचना खेप्नु परेको अवस्थालाई मध्यनजर गरी सरकारले भीभीआईपी (विशिष्ठ व्यक्तिहरुको) सवारी सुरक्षा व्यवस्थापन नियम नै फेर्न सरकार तयार भएको छ। भीभीआईपीको सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत रोक लगाएर दुःख दिने गरिएको आवाज पनि चर्को रुपमा उठ्दै आएको छ ।
बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने उल्लेख छ । उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि लेखिएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन आउने क्रममा प्रहरीद्वारा वीर अस्पतालका चिकित्सक कुटिएपछि चर्केको आन्दोलनपछि सरकार सुरक्षा नियम फेर्न तयार भएको हो ।  नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने गरी गरेको आन्दोलन फिर्ता लिने क्रममा सरकारले यसबारे सहमति जनाएको हो ।
संघका अध्यक्ष डा लोचन कार्कीले आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षबीचको छलफलमा सरकारले सुरक्षा नियम परिमार्जन गर्न सहमति जनाएको बताए । 
चिकित्सकहरुसँग भएको ६ बुँदे सहमतिअनुसार सरकारले  ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको छ ।  
‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवम् आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी ुविशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्नेु, सहमतिको चौथो बुँदामा भनिएको छ, ‘नेपाल सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने।’
त्यसैगरी शुक्रबार प्रहरीबाट कुटिएका घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने पनि सहमति जनाएको छ । 

सदनमा कुरा उठाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ

भीभीआईपीको सवारीको सुरक्षा व्यवस्थाका बारेमा आजको सदनमा कुरा उठाउने तयारीमा थिइन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ । उनले ट्वीटरमा लेखेकी छन्, ‘अस्तिको भीभीआइपी सवारीको प्रसङ्गलाई सम्बोधन गर्ने तयारीमा थिएँ । तर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको समाचारपछि बोल्न आवश्यक देखिनँ । यद्यपि सरकारले एकहप्ताभित्र सुझाव पेश गर्ने कुरालाई भने फलो अप गर्ने छु ।’ 
उनले सदनमा राख्ने तयारी गरेको मन्तव्य यस्तो थियो ।

FowIo1676194289.png

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार