राजनीतिक घटनाक्रमबारे छलफलमा जुट्यो नेकपा एसको केन्द्रीय कमिटी

शनिबार, माघ २१, २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल सुरु भएको छ । 
ललितपुरको बालकुमारीमा शनिबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा।वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।
बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्ने छन्। प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजना र रणनीति निर्माणमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार