सोसल मिडिया
Contact Us
युनिकोड
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिँएको छ । बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो । पुलमा क्षति भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । क्षतिग्रस्त पुलको मर्मतका लागि सम्बन्धित निकायबाट पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त झोलुङ्गे पुल नेपालका लामो झोलुङ्गे पुलमध्ये एक हो । यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ ।