राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको विषयलाई लिएर सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक

शनिबार, माघ २१, २०७९

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्वसन्ध्यामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा बसेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक बसेको हो । बैठकमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायत दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदै छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउने भएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार