आयोगले सार्वजनिक गर्‍यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यतालिका 

सोमबार, माघ १६, २०७९

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गराउन मिति तोकिएको छ । दुवै पदका लागि निर्वाचनका लागि तय भएको मितिमा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र भने तोक्न नसक्ने बताएको छ । 

Scan press realese-11675082131.jpg
निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । 
उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपालको संविधानमा राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि पाँच वर्ष हुने व्यवस्था गरिएको छ । 

वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुँर्दछ । राष्ट्रपतिको निर्वाचन विसं २०७४ साल फागुन २९ गते भएको थियो । 
यस्तै वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते सकिँदै छ । २०७४ साल चैत ४ गते उपराष्ट्रपतिको निर्वाचन भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि मिति घोषणा गरी आयोगले सरकारलाई दिनुपर्ने छ । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार