सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि हुने निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रपतिबारे छलफल गर्ने निर्णय गरेको छ । ‘एमाले, कांग्रेस र माओवादी सहितको राष्ट्रिय सहमति भनिएको हो । एमाले र कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन्’ माओवादी सचिव देवेन्द्र पौडेलले भने । फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदैछ। त्यसैले दलहरु अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रित छन् । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए । शुक्रवार बिहान ११ बजे सम्मका लागि स्थायी कमिटीको बैठक स्थगित भएको छ।