पूर्वमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

शुक्रबार, माघ ६, २०७९

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान अस्पतालबाट डिस्चार्ज भएका छन् । कलेजोमा समस्या आएपछि पुन सुमेरु अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार आएपछि पुनलाई डिस्चार्ज गरिएको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा‍‍ युवराज शर्माले बताए । तर उनलाई चिकित्सककै निगरानी राखेर खानपिनलगायत सम्पूर्ण कुराको ख्याल गरिने भएको छ ।

'कलेजो कमजोर भएर उहाँमा जुन समस्या देखिएको थियो त्यसमा सुधार आएपछि डिस्चार्ज गरेका छौं' शर्माले भने, 'उहाँले अब घरमै आराम गर्नुपर्ने हुन्छ।'

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार