मुक्ता यादव कांग्रेसको उपसभामुख उम्मेदवार 

शुक्रबार, माघ ६, २०७९

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार