सभामुख देवराज घिमिरेले गरे पदभार ग्रहण

शुक्रबार, माघ ६, २०७९

काठमाडौं । सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेका थिए ।

शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए । शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन् । हिजो भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन् । विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याइन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार