सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेबाट सभामुखमा देवराज घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन् । प्रस्तावक सुभास नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । भोलि सभामुखको निर्वाचन हुँदैछ।
यसका लागि संघीय संसद सचिवालयमा आज दिउँसो १ बजेबाट उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिम नामावली दिउँसो सवा ४ बजे प्रकाशन हुने कार्यतालिका रहेको छ।
घिमिरे झापा–२ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नेमा सबैभन्दा ठुलो दल एमाले हो । तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे । २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए ।