सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति र सभामुखका बारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । मंगलबार दिउसो ४ बजे सर्वदलीय बैठक बोलाएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । दिउसो १ बजे नयाँ मन्त्रीको शपथ भएपछि ४ बजे विश्वासको मत दिने दलसँग प्रधानमन्त्रीले छलफल गर्ने उनको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिने-नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताएका छन् ।