रास्वपाले शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई पठाउने

रास्वपालई उपसभामुखसहित शिक्षा र श्रम मन्त्रालय
मंगलबार, माघ ३, २०७९

काठमाडौं । सत्ता गठबन्धनको तेस्रो महत्वपूर्ण शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटा मन्त्रालयसहित सरकारमा दर्बिलो उपस्थिति देखाउने भएको छ । सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएपछि रास्वपाले मन्त्रिपरिषद्मा पनि दर्बिलो उपस्थिति देखाउने अवस्था बनेको हो ।
गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले भइसकेका छन् ।
रास्वपाले शिक्षा मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयमा डोलप्रसाद अर्याललाई पठाउने तयारी उसको छ । रास्वपाले मन्त्री तोक्दा विषय विज्ञलाई प्राथमिकता दिने यसअघि नै बताइसकेको थियो ।
गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको छ । उपसभामुखमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद शोभिता गौतमलाई पठाउने रास्वपाको तयारी छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार