मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सोमबार, माघ २, २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो ।
एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने छ । 
सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको छ । साँझ बस्ने बैठकले मन्त्रालय टुंगो लगाउने नेताहरु बताउँछन् ।

मन्त्रिपरिषद् विस्तार आजै टुङ्गो लाग्ने प्रधानमन्त्रीको भनाइ 
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवास पुगेर फर्कने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने दाबी गरे । यो विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग बालकोटमा लामो छलफल गरेका थिए । सञ्चारकर्मीलाई प्रधानमन्त्री दाहालले भने, “सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ ।”
सभामुखको निर्वाचनबारेको जिज्ञासामा उनले भने, “विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ ।”     
सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गरेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार