नेकपा एस र जसपाको एकता वार्ता कार्यदलको बैठक बस्दै

बिहीबार, पुस २८, २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, (जसपा) नेपालबीचको एकताका लागि गठित कार्यदलले आज छलफल गर्दैछ । छलफलका लागि वार्ता टोलीमा रहेका सदस्यहरूलाई  सिंहदरबारमा बोलाइएको छ ।

नेकपा (एस) को तर्फबाट वार्ता समितिमा बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला तथा जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

पछिल्लो समय वामपन्थी एकताका लागि भन्दै जसपा र नेकपा एससँग नेकपा माओवादी केन्द्रले एकताको लागि वार्ता गर्न कार्यदल बनाइसकेको छ । प्रतिनिधिसभामा जसपाका १२, एकीकृत समाजवादीका १० र माओवादी केन्द्रका ३२ सांसद छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार