सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डले २६८ मत पाएका छन् । २७० जना सांसद विश्वासको मतदानमा सहभागी भएका थिए । सदन सञ्चालन गरेका कारण ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मतदानमा भाग लिएनन् । सभामुखको भूमिका निभाएकाले जेष्ठ सदस्य पशुपतिले मतदान गर्न नपाएक हुन् । आजको बैठकमा ३ जना सांसद अनुपस्थित थिए ।
अुनपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद मनोरम शेरचन, अम्बिक बस्नेत र किशोर सिंह राठोर रहेका छन् । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले निलम्बन भएका कारण मतदानमा सहभागी हुन पाएनन् । तर, प्रहरीको फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कुइरीले भने विश्वासको मत दिएका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष प्रेम सुवालले विपक्षमा मतदान गरे ।