सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने ‘असहमति’ जनाएका छन् । चार नेताले सत्ता र प्रतिपक्षको सुनिश्चितता नभएको हुँदा आफूहरुको ‘असहमति’ रहेको बताएका थिए । यसअघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले विगतको समझदारीअनुरुप प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिँदा गल्ती भएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उनले पार्टी पहिलो भएर पनि प्रतिपक्षमा बस्नुपर्दा केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए । धुम्बाराहीमा बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विरोध जनाएका थिए । उनीहरुले कांग्रेस प्रतिपक्षमा बस्न तयार हुनुपर्ने धारणा राखेका थिए । धुम्बाराही बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विरोध जनाएका थिए । उनीहरुले कांग्रेस प्रतिपक्षमा बस्न तयार हुनुपर्ने धारणा राखेका थिए । अहिले विशेष परिस्थिति निर्माण भएको बताउँदै कांग्रेसले पक्षमा मत दिने निर्णय गरेको हो ।
लोसपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपा संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार दिएको थियो । लोसपाको प्रतिनिधिसभामा चार सांसद छन् ।
कति पुग्छ प्रचण्डको पक्षमा प्रधानमन्त्री प्रचण्डले सात दलबाहेक कांग्रेस र एकीकृत समाजवादीको पनि मत पाउने भएका छन् । मोटामोटी हिसाब गर्दा प्रचण्डलाई सबै दलबाट दलको निर्णय अनुसार मत आए २६० भन्दा बढी मत प्राप्त हुने देखिन्छ । अहिले संसद्मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन् । स्वतन्त्रमध्ये तीनजना सत्तापक्षको बेञ्चमा उभिइसकेका छन् भने एकजना नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । प्रचण्डको पक्षमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाको मत पर्ने निश्चित छ ।