प्रधानमन्त्रीले मागे विश्वासको मत 

सहमतिको राजनीति अगाडि बढाउन चाहन्छु : प्रचण्ड 
मंगलबार, पुस २६, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत मागेपछि अहिले संसद्मा उपस्थित दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।  प्रधानमन्त्री  ‘प्रचण्ड’ले आज बसेको प्रतिनिधिसभाको बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि दलका नेताहरुले उनको भनाईलाई समर्थन गर्ने गरी आफ्ना धारणा राखिरहेका छन् । विश्वासका मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका थिए । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारे । प्रधानमन्त्रीको सम्बोधन पछि नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रचण्ड सरकारलाई विश्वासको मत दिने दलको निर्णय सुनाएका थिए । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार