सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको माग सम्बोधन गर्दै सरकारले पृथ्वी जयन्ती २७ पुसमा बिदा दिने निर्णय गरेको हो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिने प्रचलन थियो । तर २०६२ ६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक भएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ ।