सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने अघिल्लो दिन बसेको उनको दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि पुस २६ गते प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डलाई सत्ताको प्रमुख घटक एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालमा आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको थियो । सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थन रहेको थियो । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।