सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइतवार नेपालमा १,०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ६,४९५ जनाबाट संकलित नमुनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो अवधिमा १७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको हो छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या लगभग दुई लाख ४१ हजार पुगेको छ । मन्त्रालयका अनुसार अहिले नेपालभरि १३,५८२ जनामा सक्रिय संक्रमण छ । अहिलेसम्म देशभरि १,५९४ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ ।
कति जना निको भए ? मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,७५२ जना संक्रमणमुक्त भएको उल्लेख छ । अहिलेसम्म कुल दुई लाख २५ हजारभन्दा बढी सङ्क्रमित निको भएको मन्त्रालयको तथ्यांक छ । अर्थात् नेपालमा संक्रमित निको हुने दर ९३ प्रतिशतभन्दा बढी छ ।गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।