जसपाले प्रचण्डलाई विश्वासको मत दिने 

शनिबार, पुस २३, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ । आफ्नो पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले विश्वासको मत दिने निर्णय गरेको पार्टीले जनाएको छ ।
गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको पार्टी प्रचार विभागले जनाएको छ।
पार्टीका मूलभुत सिद्दान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ।
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार