एक अर्ब १५ करोड पुरक बजेट पारित गर्दै ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न

शुक्रबार, पुस २२, २०७९

ललितपुर । ललितपुर महानगरले एक अर्ब १५ करोड पुरक  बजेट पारित गरेको  छ । महानगरको बिहीबार सम्पन्न हिउँदे नगरसभाले उक्त पुरक बजेट पारित गरेको हो । नगरसभामा उपप्रमुख मंजली शाक्यले पुरक बजेट प्रस्तुत गरेकी थिइन् । अब  ललितपुर महानगरको आर्थिक वर्ष २०७९÷२०८०को कूल बजेट सात अर्ब ५० करोड भएको  छ । गत असारमा सम्पन्न नगरसभाले आब ०७९÷८० का लागि ६ अर्ब ३५ करोड बजेट पारित गरेको थियो ।

lm1672958073.jpg
फोहोर मैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा अधिग्रहण, स्लटर हाउसका लागि जग्गा खरिद, वडा नं. ५ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद,  ब्लड बैंकको लागि सामग्री व्यवस्थापन, सडक स्तरोन्नति, प्रत्येक वडामा योग कक्षा स्थापना गर्न, सडक स्तरोन्नतिलगायतका क्षेत्रका पुरक बजेट खर्च गरिने नगरसभामा बताइएको छ । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनचाहना अनुसारका थप विकास निर्माणको काम आवश्यक भएकाले पुरक बजेट ल्याएको बताए । ‘नगरबासीको आवश्यकता र माग संबोधन होस् भनेर बजेट ल्यायौं, दत्तचित्त भएर बजेट कार्यान्वयनमा लाग्नुस् ।’ 
उपप्रमख मञ्जली शाक्यले सकारात्मक र सही ढंगले बजेट कार्यान्वयन गर्न सबैलाई अनुरोध गरिन् । नगरभित्रका समस्या र आवश्यकता सम्बोधन गर्न नगरसभा महत्वपूर्ण प्लेटफर्म भएको उनको भनाई थियो । 

lmcn1672958126.jpg
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगर हिउँदे नगरसभा गर्ने संभवत पहिलो स्थानीय तह भएको बताए । 
स्थानीय शासन संचालन ऐन २०७४ मा नगरसभा दुई पटकसम्म गर्न सकिने उल्लेख छ । असारको नगरसभाले बजेट पारित गर्ने भएकाले त्यसलाई अनिवार्य नगरसभा भनिन्छ । हिउँद अर्थात विशेषगरी पुसमा गरिने नगरसभामा बजेट, कार्यक्रम र योजनाहरुका बारेमा छलफल गरिन्छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, ‘ शुसासन कायम भएको पुष्टि पनि हो, नगरसभा हुनु भनेको ,वर्षमा दुईपटक हुनैपर्छ । ’

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार