सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभामा ठूलो दल बने पनि पार्टी सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहितका केही नेताका कारणा सत्ता बागडोरबाट बञ्चित भएको नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नो भूमिका स्पष्ट पार्न रणनीति बैठक गर्न थालेको छ । नेपाली काँग्रेसको सदंसदीय दलको बैठक शनिबारका लागि डाकिएको छ । संसदीय दलको बैठकमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन संस्थापन इतरका नेता डा.शेखर कोइराला, महामन्त्री गगन थापा पक्षसहितका नेताहरुले रणनीतिक बैठक गरेका हुन् । यही बैठकले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा तयारीका लागि छलफल गर्ने बुझिएको छ । भोलिका लागि डाकिएको केन्द्रीय समिति बैठक २८ गतेका लागि सारिएको छ। पार्टी सभापति शेरबहादुर देउवाका कारण ठूलो पार्टी बन्दा पनि कांग्रेसले सत्ता गुमाएको संस्थापनइतरले आरोप लगाउँदै आएको छ। गठबन्धन जोगाउन नसक्दा कांग्रेस प्रतिपक्षमा पुगेको हो । संस्थापनइतरका नेताहरु डा.शेखर, गगन चुनावमा माओवादीसँग गठबन्धन गर्न नहुने पक्षमा उभिएका थिए । यद्यपि कांग्रेस केन्द्रीय समितिले गठबन्धन गरेरै जाने निर्णय गरेको थियो। यसै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज दिउँसो बस्ने कार्यतालिका रहेको छ।