ललितपुर महानगरले नगरवासीको स्वास्थ्य बीमा गर्ने

आइतबार, पुस १७, २०७९

ललितपुर । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । ललितपुर महानगरले आयोजना गरेको ‘कानुनी प्रावधान एवम् वर्तमान अवस्था’ विषयक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा कार्यक्रम सक्दो छिटो लागू गर्ने बताए । उनले भने, ‘छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्छ, कार्यक्रम बनाएर ग्ुणस्तरी स्वास्थ्य सेवा प्रदान गरेर यो कार्यक्रम लागू गर्नुपर्छ ।’
ललितपुर महानगरमा यो कार्यक्रम लागू गर्न ढिला भएपनि अब दिने सेवा उत्कृष्ट हुने उनको दाबी थियो । 
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका डा.दामोदर बसौला, बरिष्ठ जनस्वास्थ्य प्रशासकलगायतले मन्तव्य राखेका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार