सरकारद्वारा एकीकृत परराष्ट्र नीति सार्वजनिक

आइतबार, मंसिर २१, २०७७

काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।
नीतिमा भनिएको छ,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिनेछ ।’ 
नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ ।
नीतिमा नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने उल्लेख छ । नीति सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले भने,‘केही सन्दर्भ बदलिएका छन् तर असंलग्न परराष्ट्र नीति अझै सान्दर्भिक रहेको छ ।’
नयाँ नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको छ भने अहिलेका नयाँ विषय जलवायु परिवर्तनलगायतका विषयमा पनि जोड दिइएको छ । 

परराष्ट्रका दुई वर्षका प्रमुख उपलब्धि

सन् २०१९–२०२० मा कूटनीतिक क्षेत्रमा भएका दुई दर्जन उपलब्धिहरुलाई समेट्दै परराष्ट्र मन्त्रालयले एक प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा दुई छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्बन्ध सुधार भएको उल्लेख छ । प्रतिवेदनमा सो अवधि चीनसँगको सम्बन्धमा ऐतिहासिक भएको समेत उल्लेख गरिएको छ ।

  • नयाँ राजनीतिक नक्सा जारी
  • नेपालको परराष्ट्र्र नीतिको एकीकृत दस्तावेज तयार
  • नेपाल(भारत सीमाको डिमार्केसन सम्बन्धी कार्य अगाडी बढाउने पहल
  •  सिमापार पेट्रोलियम पाइप लाइनको निर्माण र एकीकृत भन्सार जाँच चौकीको निर्माण
  •  चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र त्यस क्रममा भएका महत्वपूर्ण सम्झौता र समझदारीपत्र
  •  विकास साझेदार मुलुक र अन्य संस्थासँग अझ गहकिलो इनगेजमेन्ट
  •  फ्रान्स, नर्वे र फिलिपिन्सँग दुईपक्षीय परामर्श संयन्त्रको निर्माण र अन्य आठ मुलुकसँग परामर्श संयन्त्रको बैठक
  •  सेन्ट लुसिया र घानासँग कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक सम्बन्ध भएका मुलुकको जम्मा संख्या १६८
  •  अष्ट्रेलिया, इन्डोनेसिया, लाओस, म्यान्मार, पाकिस्तान, फिलिपिन्स र साइबेरियासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वषा गाँठमा विभिन्न कार्यक्रम
  •  राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी ७७ र विश्व व्यापार संगठनमा सक्रिय सहभागिता
  •  सार्क, बिमस्टेक, एससिएओ र एसिडीमा सक्रिय सहभागिता
  •  राष्ट्रसंघको शान्ति स्थापना कार्यमा निरन्तर सहभागिता
  •  राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यको रुपमा विश्वव्यापी मानव अधिकारको प्रवर्द्धनमा भूमिका
  •  कोभिड(१९ पछि विभिन्न देशमा रहेका अप्रवासी कामदारहरुलाई प्रभावकारी कन्सुलर सेवा
  •  नेपाली कामदारको घर फिर्तीको कार्यमा सहजीकरण
  •  एसियामा आप्रवासी कामदार पठाउने मुलुकहरुको चासो रक्षाका लागि कोलम्बो प्रोसेसको नेतृत्व र सक्रियता
  •  आइएलओको गर्भनिङ वडीको डेपुटी सदस्यको रुपमा आप्रवासी कामदारको रक्षाको लागि महत्वपूर्ण भूमिका
  •   विश्व व्यापार संगठनको एकीकृत फ्रेमर्वको वोर्ड सदस्यमा नियुक्त
  •   नेपालको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ युएनजिएको सेकेन्ड कमिटीको अध्यक्षको रुपमा नियुक्त
  •   नार्काेटिक ड्रग्स आयोगको सदस्यको रुपमा सन् २०२०(२३ को कार्यकालका लागि नियुक्त
  •   सगरमाथा संवाद आयोजना गर्न आधारभूमि तयार गर्ने काम सम्पन्न
  •   ब्रेन ग्रेन सेन्टरलाई सवलीकरण गर्ने गर्ने
  •   सुविधासम्पन्न पासपोर्ट वितरणको कार्य सम्पन्न

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार